![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हृदयाघात भइ अस्पतालमा उपचार गराइरहेका कांग्रेस केन्द्रीय सदस्य एवम पूर्व मन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री देउवा जोशीको स्वास्थ्य अवस्था बुझन शिक्षण अस्पताल महाराजगंज जानु भएको हो ।
जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ । शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उहाँलाइ भर्ना गरिएको थियो । एन्जिओप्लास्टिक सर्जरी सफलतासहित सम्पन्न भएपछि उहाँ हाल स्वास्थ्य लाभ गरिरहनु भएको छ ।
जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिनुभएको छ ।


