![]()
काठमाडौं । सर्वोच्च अदालत भरतपुरम महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउन आदेश दिएसंगै निर्वाचन आयोगले प्रक्रिया अघि बढाएको छ । आयोगले सो वडामा पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन आयोगको निर्देशनमा भनिएको छ ।
मतदान सकएपछि मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना कार्य सम्पन्न गर्न पनि निर्देशनमा भनिएको छ ।


