![]()
चितवन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले पार्टीको निर्णयमा दायाँबायाँ नगर्न निर्देशन दिनुभएको हो । ‘लोकतान्त्रिक पार्टीमा केही मतभेदहरु भएपनि पार्टीको संस्थागत निर्णय अनुसार सबै चल्नुपर्छ’ केसीले भन्नुभयो ।
नेता केसीले एमालेलाई सहजीकरण गर्न र माओवादीलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनुभयो ।


