Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कर छली मुद्दामा क्रिस्टियानो रोनाल्डो अदालतमा, दोषी देखिए तीन बर्ष जेल जाने

Loading

बिबिसि । फुटबलमा आफनो जादुमय खेलबाट सबैलाइ प्रभावित पारेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो अन्ततः अदालत पुगेका छन । कर छलेको आरोप खेपिरहेका रोनाल्डो स्पेनको एक अदालतमा उपस्थित भएका हुन । अदालतमा उनले आफ्नो तर्फबाट प्रमाण पेश गरेका छन ।

अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन् । करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली कर छलेको उनीमाथि आरोप छ । रोनाल्डोका एजेण्टले भने यो कुरा अस्वीकार गरेका छन् ।

रोनाल्डो दोषी ठहर भए २ करोड जरिवाना तिर्नुपर्ने र साढे तीन वर्ष जेल जानेछन । रिआल मड्रिडका लागि खेल्ने रोनाल्डो विश्वकै सबैभन्दा बढी रकम पाउने खेलाडीमा पर्दछन । आफूविरुद्धको आरोप अस्वीकार गर्दै रोनाल्डोले आफ्नो “चित्त शुद्ध रहेको“ बताएका छन ।

यसअघि कर छलेकोमा दोषी ठहर भएका अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीलाई गत वर्ष २१ महिनाका लागि जेल सजाय सुनाइएको थियो । अदालतले जेल सजायको सट्टा उनले २५२,००० युरो तिर्नसक्ने विकल्प पनि दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.