Breaking News.... EverestOnlineKhabar
May 11, 2026

दमकमा गुञ्जिय दीप श्रेष्ठ, २ घण्टामा कालजयी १५ गीतको आनन्द

Loading

  • ‘म त दूर देखि आए, तिम्रो याद बोकेर’
  • ‘हुँ यात्री एउटा रुमल्ली हिंड्ने’
  • ‘हर रात सपनीमा ऐंठन हुन्छ गाउँमा शायद पहिरो गयो कि’

नेपाली साङ्गितिक आकाशका यस्ता सयौं कालजयी गीत गाउने सदावाहर गायक हुन दीप श्रेष्ठ । यीनै नेपाली गीत संगितका प्यारा गायक लामो समयपछि साङ्गितिक मञ्चमा देखिए । त्यो पनि झापाको दमकमा । त्यसमा पनि एकल सांगीतिक साँझ । शनिबार साँझ भएको साङ्गितिक कार्यक्रममा के वृद्धवृद्धा, के युवा युवती सबै उमेर समूहका संगित पारखी सहभागी थिए । गायक श्रेष्ठले सबैलाइ घरी रुवाए त घरी हँसाए, घरी नचाए ।

दमकको महोल नै भिन्दै थियो । कार्यक्रममा गायक श्रेष्ठले आफ्ना चर्चित १५ वटा गीत गाए । करिब २ घन्टा उनले लगातार गीत गाए । गायनकाक्रममा दर्जनौ पटक उनले वन्स मोर भन्दै दर्शकको प्रशंसा पाए ।

कार्यक्रममा उनले ‘म त पथ्थरको देवता होइन तोडिएर जोडिन’ ‘मत दूरदेखि आएँ’ लगायतका कर्णप्रिय गीत गाए ।
गीत गाउनेक्रममा उनले पटक–पटक आफनो बिगत पनि सम्झे । उनले भने, ‘मलाई सधैं नयाँ केही गरौं भन्ने लाग्छ, त्यही भएर सधैं नयाँ–नयाँ कम्पोज गरिरहन्छु ।’ ‘हाम्रो पालामा अहिले जस्तो प्रविधि थिएन, रेडियो नेपालमा गीत रेकर्ड गराउनु पर्थ्र्यो, एकैपटकमा रेकर्ड गराउन सकेहुन्थ्यो, नसके हुँदैन थियो ।’ तर आफूले कहिल्यै गीत रेकर्ड गर्दा नबिगारेको उनले बताए ।

कार्यक्रम अवधिभर उनले गीतकार शिवशंकर थापाको खुब प्रशंसा गरे । उनले भने, ‘म यहाँसम्म आइपुग्नुमा शिवशंकरको ठूलो हात छ, उसको यस्तो राम्रो सिर्जनाले म यहाँसम्म आएको हुँ । ’

कार्यक्रमका सहभागीहरुले गायक श्रेष्ठलाइ नयाँ नयाँ प्रस्तुती लिएर आउन सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.