Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौं । नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान गरेको छ । भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भन्दै संघले सम्मान गरेको हो । सम्मान गर्न संघका पदाधिकारीहरुको टोली प्रचण्ड निवास लाजिम्पाट पुगेको थियो ।

संघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डलाई सम्मान पत्र प्रदान गरेका छन । सम्मानपछि बोल्दै संघका अध्यक्ष मनोरञ्जन शर्मा लगायतका पदाधिकारीहरुले दाहाल प्रधानमन्त्री भएको समय नेपाली भविलव खेलका लागि स्वर्णीमकाल भएको बताएका थिए । अब नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने उनीहरुको बिश्वास थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताएका थिए । अब भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिने, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा लगायतका विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.