Breaking News.... EverestOnlineKhabar
October 1, 2026

राजपाले बोलायो केन्द्रीय कमिटी बैठक…..

Loading

काठमाडौ,१५ साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कमिटी बैठक आगामी साउन २२ गतेदेखि काठमाडौंमा हुने भएको छ। राजपाले आगामी बैठकको योजना समेत बनाएको छ। बैठकमा पेश गर्ने राजनीतिक,आर्थिक, सांगठनिक प्रतिवेदनलगायत तयार पार्न विभिन्न समिति बनाउने तयारी भएको एक नेताले बताए ।
एकै ठाउँमा छलफल गर्दा समय लाग्ने भएकोले २५,२६ जनाको समूह बनाएर छलफल गर्ने राजपाले तयारी गरेको छ। बैठकको सुरूमा अध्यक्ष मण्डलका ६ जनाले बोल्ने र त्यसपछि समूह बनाएर छलफल गर्ने एक नेताले बताए।
छलफल पछि टोली नेताले रिपोर्टिङ गर्ने गरि राजपाले योजना बनाएको छ। राजपामा ८ सय १५ जना केन्द्रीय सदस्य छन् भने १ सय ३४ जना पदाधिकारी छन्। तराई मधेसमा क्रियाशिल ६ पार्टी मिलेर वैशाख ७ गते राजपाको गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed