Breaking News.... EverestOnlineKhabar
June 20, 2026

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनः कांग्रेसको यस्तो दाउ…..

Loading

काठमाडौ,१५ साउन ।
नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनलाई अस्तित्वको लडाईको रुपमा लिएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ।
आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ। अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश केन्दीय सदस्यले बैठकमा ‘कांग्रेसको अभियान, प्रदेश नम्बर २ को निर्वाचन’ भन्ने प्रतिबद्धता जनाएका थिए।
प्रदेश २ लाई केन्द्र बनाउँदै तेस्रो चरणको निर्वाचन हुने आठ जिल्लाका १२७ स्थानीय तहमा प्रतिनिधित्व गर्नेदेखि प्रधानमन्त्री देउवासम्मको सहभागितामा यही साउन १९ र २० गते धनुषामा बृहत् भेला आयोजना गर्न लागिएको कांग्रेसका एक नेताले जनाए ।
प्रदेश २ मा रहेको विद्रोही मधेसी शक्ति, राष्ट्रिय जनता पार्टी र मधेसी समुदायको मागका रूपमा रहेको संविधान संशोधन, सिंहदरबारमा मधेसीको प्रतिनिधित्व रहेको सन्देश दिनेजस्ता कार्य गर्ने÷गराउने पक्षमा कांग्रेस गएकाले एमाले पराजित हुने दाबी ती कांग्रेस नेताको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed