Breaking News.... EverestOnlineKhabar
June 20, 2026

३३ किलो सुनकाण्डका आरोपी एसएसपी साधारण तारेखमा रिहा ?

Loading

काठमाडौ,१५ साउन ।
३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा निवेदन लिएर पुगेका थिए ।
खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुरनावेदन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed