Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रधानमन्त्रीको निर्देशनपछि उपत्यकाका सडकका ८८ प्रतिशत खाल्डा पुरिए…..

Loading

काठमाडौ,१५ साउन ।
प्रधानमन्त्री शेरवहादुर देउवाको कडा निर्देशनपछि उपत्यकाका सडकमा रहेको मध्ये ८८ प्रतिशत खाल्डा परिएका छन् । प्रधानमन्त्री देउवाले साउनको पहिलो साता सरोकारपक्षलाई बोलाएर १५ दिनभित्र खाल्डा परिसक्न निदैृशन दिएका थिए । मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिएका थिए । साउन १५ गतेअगावै खाल्डा पुरी सक्नेगरी काम गरे पनि मौसमका कारण १२ प्रतिशत काम बाँकी रहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
उनले भनेः‘लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा खाल्डा पुरे पनि कालोपत्र गर्न बाँकी छ, मौसमका कारण कालोपत्र गर्न सकिएको छैन, रातोपुल–गौशाला र चाबहिल–चुच्चेपाटी क्षेत्रमा पनि केही काम बाँकी छ ।’
मौसमले साथ दिए दुई दिनमा बाँकी सबै सडकमा अस्थायी कालोपत्र गरिने निर्देशनालयले जनाएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र स्थानीय तहले पुर्नुपर्ने सडकका खाल्डाखुल्डीको काम पनि धेरै सम्पन्न भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed