Breaking News.... EverestOnlineKhabar
June 19, 2026

‘स्वच्छ पर्यावरणका लागि बाघ संरक्षण अपरिहार्य’

Loading

काठमाडौं । स्वास्थ पर्यावरणको लागि बाघको संरक्षण भन्ने नाराका साथ नेपालमा पनि विश्व बाघ दिवस मनाईएको छ ।
बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसाथ राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतले राजधानीमा बिभिन्न कार्यक्रम आयोजना गरेका छन ।

कोषको केन्द्रीय कार्यालय खुमलटारमा गरिएको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिको उपस्थिति थियो । सहभागीहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका थिए ।

बाघको संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको भने अभाव हुँदै गएको छ । बासस्थान अभावमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेकाले त्यसको उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न उनीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बाघ र मानवको सहअस्तित्वलाई आत्मसाथ गर्दै बाघको संख्या बढाउनका लागि उसको उपयुक्त वासस्थान निर्माण र संरक्षणमा विचार पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
वन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघको संख्या वृद्धिसंगै मानवसंगको द्धन्द्ध पनि बढेको पाईएको बताउनु भएको थियो ।

सरकारले सन् २०२२ सम्ममा नेपालमा पाटे बाघको संख्या २ सय ५० पुर्याउने लक्ष लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed