Breaking News.... EverestOnlineKhabar
June 19, 2026

श्रीलंकाबिरुद्धको पहिलो टेष्टमा भारत विजयी

Loading

एजेन्सी । भारत श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा विजयी भएको छ । खेलको चौथो दिन भारत ३ सय ४ रनले विजयी भएको हो । योसँगै भारतले ३ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । भारतले दिएको ५ सय ५० रनको उच्च लक्ष्य पछ्याएको श्रीलंका अन्तिम सेसनमा २ सय ४५ रनमा अलआउट भएपछि भारतले सहज जित हासिल गरेको हो ।

श्रीलंकन कप्तान रंगना हेरेथ र असेला गुनरत्ने औंलाको चोटका कारण क्रिजमा नआएपछि इण्डिया मात्र ८ विकेट लिदै जित्न सफल भएको हो । यो श्रीलंकन भूमिमा अहिलेसम्मकै भारतको फराकिलो जित हो । श्रीलंकाका दिमुथ करुनारत्नेले ९७ र निरोसान डिक्वेलाले ६७ रन बनाएपनि हार टार्न त्यो पर्याप्त हुन सकेन ।

भारतको जितमा रबिचन्द्रन अश्विन र रबिन्द्र जडेजाले ३–३ विकेट लिए । मोहमद सामी र उमेश यादवले एक–एक विकेट लिए ।
यसअघि ३ विकेटको क्षतिमा १ सय ८९ रनबाट चौथो दिनको खेल थालेको भारतले थप विकेट नगुमाउँदै २ सय ४० रनमा दोस्रो इनिङ्स डिक्लियर गरेको थियो । कप्तान बिराट कोहली १ सय ३ रनमा नटआउट रहे । पहिलो इनिङ्समा भारतले ६ सय रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed