Breaking News.... EverestOnlineKhabar
June 19, 2026

चीनबाट फर्किए लगत्तै ओलीले भने – ‘कांग्रेसका कारण राजपा चुनावबाट अलग’

Loading

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको कारणले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनावबाट अलग भएको दावी गर्नुभएको छ ।

चीनको मानसरोवर यात्रा गरी शुक्रबार स्वदेश फर्किनु भएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै तेस्रो चरणको स्थानीय चुनावमा पनि कांग्रेसले राजपालाई ल्याउन नचाहेको आरोप लगाउनुभयो । दोस्रो चरणको चुनावमा भाग लिन राजपा इच्छुक भएपनि कांग्रेसले घुमाई फिराई भाग लिन नदिएको उहाँले बताउनुभयो । कांग्रेसले अब तेस्रो चरणमा पनि राजपालाई भाग नलिने वातावरण बनाउन लागिरहेको उहाँको दावी छ ।

राजपाले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेमाथि प्रहार गरिरहेको भन्दै अध्यक्ष ओलीले राजपाले समयमै यो कुरा बुझ्नुपर्ने बताउनुभयो । संविधान संशोधनको विषयमा कांग्रेसले अहिले पनि दाउपेच र छलछाम गर्न लागेको भन्दै ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव नसकिएसम्म संविधान संशोधनको विषयमा छलफल गर्न नसकिने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed