Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पाकिस्तानी प्रधानमन्त्री शरिफ भ्रष्ट सावित, अदालतले अयोग्य ठहर गरेपछि राजीनामा

Loading

बिबिसि । पाकिस्तानमा दुइवटा कुराको भर हुँदैन : एउटा सेना अर्को अदालत । यी दुइ निकायले कतिबेला के कदम चाल्छन थाहै हुँदैन । दुइ निकाय मध्ये अहिले त्यहांको सर्वोच्च अदालतले गरेको फैसलाले अर्को सनसनी मच्चाएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाइ सार्वजनिक पदका लागि अयोग्य ठहर गरेको छ । अदालतले अयोग्य ठहर गरे लगत्तै शरीफले पनि तत्काल पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका हुन ।

पनामा पेपर्सले नवाज शरीफले भ्रष्टाचार गरेको तथ्य सार्वजनिक गरेपछि उनी नैतिक संकटमा परेका थिए । पनामा पेपरका अनुसार शरिफल र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । यही रिपोर्टलाइ आधार बनाएर विपक्षी दलका नेता इमरान खानलगायतले मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले प्रधानमन्त्री शरिफसहित उनकी छोरी र छोरी ज्वाइँलाई पनि दोषि ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed