![]()
काठमाडौं । स्थानीय तह निर्वाचनमा आफनो पार्टी पराजित हुनुको नैतिक जिम्मेवारी लिंदै प्रवक्ता एवम संचार बिभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामा दिनुभएको छ । पार्टीले भोगेको पराजयप्रति कोही न कोहीले जिम्मेवारी लिनुपर्ने भन्दै उहाँले अध्यक्ष डा. बाबुराम भट्टराईसमक्ष राजीनामा दिनुभएको हो ।
आफनो राजीनामा पत्रमा उहाँले ‘२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजीनामा दिनुपर्छ भनियो, निकै जोड गरियो, नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो, तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन् । त्यसैले कहिँ न कहिँ समस्या छ । ’ पार्टी अध्यक्ष डा. भट्टराईसंग राम्रो सम्बन्ध भएका देवकोटाको भो भनाइ भट्टराईप्रति नै लक्षित छ ।
देवकोटाले पार्टी गठन भएदेखि नै उल्टो बाटोमा हिँडेको असन्तुष्टि पनि पोख्नु भएको छ । ‘रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यौं, त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं । बबरमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो’ देवाकोटाले लेख्नुभएको छ । पार्टी संचालनप्रति आफूले असहमति राख्दै आएपनि सुनुवाई नभएको उहाँको गुनासो छ ।


