![]()
एजेन्सी । आइटम डान्सरका रुपमा परिचित भारतीय अभिनेत्री मलाइका अरोराको एउटा तस्बीरका कारण अहिले बलिउड बजार गर्माएको छ । सधैं आफनो उत्तेजक नृत्यले सनसनी मच्चाउने मलाइकाको यो तस्बीर आफैले लिएको सेल्फी हो ।
आफनो करिअरको सुरुवात देखि नै सलमान खानका भाइ अरबाज खानसंग जोडिन पुगेकी मलाइका गत बर्ष सम्बन्ध बिच्छेद गरेर अहिले एक्लै बस्दै आइरहेकी छन । उनी हाल न्युयोर्कमा छोरा अर्हान र साथीहरुसंग छुट्टी मनाइरहेकी छन ।
न्युयोर्कबाट आफनो इन्स्टग्रामममा उनले किसिम किसिमका तस्बीर अपलोड गर्ने गरेकी छन । केही दिनअघि उनले कपाल छाँटेर खिचेको फोटो निकै हट देखिन्छ ।
फोटोको क्याप्सनमा उनले आफूलाइ आफनो छोटो कपाल मन परेको लेखेकी छन । बलिउड बजारमा भने कपाल होइन मलाइकाले आफनो जवानी पस्केकी हुन ।


