Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बैदेशिक रोजगारीका समस्या हेर्न प्रहरीको छुट्टै व्युरो, दश हजारको रसिद दिएर एक लाख असुल्नेलाइ कारवाही हुन्छ: गृहमन्त्री

Loading

काठमाडौं । तपाई वा तपाईको कोही आफनो मान्छे बैदेशिक रोजगारीको सिलसिलामा समस्यामा पर्नु भएको छ ? कसैले ठगेको, अनावश्यक दुःख दिएको त्यस्तो केही छ ? पक्कै पनि सकभर आफै नभए आफनो कोही न कोही मान्छे यो समस्याबाट गुज्रिएकै हुन्छ । यदि यस्तो समस्या छ भने अब चिन्ता गर्नु पर्दैन । यस्ता समस्या मात्र हेर्ने गरी नेपाल प्रहरीले छुट्टै व्युरो स्थापना गर्ने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीको समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्यूरो बनाएर परिचालन गर्ने जानकारी दिनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा गृहमन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने भएकाले त्यसका लागि छुट्टै ब्यूरो बनाएर परिचालन गर्ने जानकारी दिनुभएको हो ।

समितिमा बोल्दै गृहमन्त्री शर्माले ठगिएको पैसा फिर्ता नपाउँदा धेरै घरबार विहीन भएकाले त्यस्तो समस्या समाधान गर्न मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो । समस्या हल गर्नेक्रममा धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरी अधिकृत पठाएर पनि पहल गर्ने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बीचमा समन्वयको अभाव रहेको समेत उहाँले टिप्पणी गर्नुभयो ।

मन्त्रालयले फ्रि–भिसाको प्रावधानलाईसमेत नियमन गर्न नसकेकाले अब त्यसमा पनि आफनो ध्यान केन्द्रीत भएको उहाँले बताउनुभयो । बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुल्ने म्यानपावरका अब दिन गएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.