Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रतिबन्ध लगाउने अमेरिकी कदम गैरकानूनी : मुडुरो

Loading

बिबिसि । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आफनो देशका १३ जना नेता तथा सैनिक अधिकारीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध गैरकानूनी भएको भन्दै अस्वीकार गरेका छन । अमेरिकाले प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै प्रतिबन्ध लगाउनु गैरकानुनी, अभद्र र अप्रत्याशित भएको उनले बताए ।

अमेरिकाले भेनेजुएलाको सेनाका प्रमुख, राष्ट्रिय प्रहरीका निर्देशक, राष्ट्रिय निर्वाचन परिषदका प्रमुख र एक भुतपूर्व उपराष्ट्रपतिविरुद्ध प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले मडुरोलाई आइतबारका लागि तय गरिएको विवादास्पद संविधानसभाको चुनाव स्थगित गर्न आग्रह गरेको छ ।
भेनेजुएलाका विपक्षी दलले आइतबारको मतदानको विरोधमा थालेको ४८ घण्टा लामो आमहड्ताल शुरु भएलगत्तै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

राजधानी कराकस र अन्य शहरमा सडकहरुमा अवरोध गरिएको छ । पश्चिमी नगर मेरिदामा प्रहरी र प्रदर्शनकारीबीचको झडफमा एक जनाको ज्यान गएको छ । कराकसमा भएको तनावमा तीन जना घाइते भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.