Breaking News.... EverestOnlineKhabar
May 11, 2026

थ्रीस्टारलाइ क्षतिपूर्ती दिने विषय चर्किएपछि एन्फाको कार्यसमिति बैठक अनिश्चित

Loading

काठमाडौं । थ्रीस्टारलाइ क्षतिपूर्ती दिने विषय चर्किएपछि एन्फाको कार्यसमिति बैठक नै अनिश्चित भएको छ । बिहीबारका लागि तोकिएको कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएपछि निर्णय प्रक्रिया नै अन्यौलमा परेको छ । बुधवार दिउँसो २ बजे बोलाइएको बैठक महासचिव धिरेन्द्र प्रधानले सूचना जारी गर्दै स्थगित भएको जानकारी गराउनु भएको छ । एन्फाका अध्यक्षको निर्देशन अनुसार विशेष कारणवश केन्द्रीय समिति बैठक अर्को सूचना नभएसम्म्का लागि स्थगित गरिएको सूचनामा जनाइएको छ ।

मंगलबारको कार्यसमिति बैठकमा एन्फाको लापरबाहीको कारण एएफसी एशिया कपको दोस्रो चरणमा खेल्न नपाए बापत थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा लापरबाहीमा संलग्नलाई कारबाही गर्नुपर्ने आवाज उठेको थियो ।

बैठकमा आगामी भदौ २५ गते विशेष साधारणसभा गर्ने र एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर ३१ मा निर्वाचन गर्ने प्रस्ताव पनि आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.