![]()
काठमाडौं । आफू निर्वाचित भएको एक सय दिनमै काठमाडौंलाइ महानगरपालिकालाइ विश्वकै उत्कृष्ट शहर बनाउने प्रण गरेका काठमाडौैं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाइ पुनः ठेस लागेको छ ।
पहिलो चरणमा मोबाइल खरिद गर्ने निर्णय गरेर आलोचित बनेका मेयर शाक्य बिभिन्न बाहनामा कर असुल्ने योजनामा केन्द्रीत भएपछि थप आलोचित भएका थिए । तर, अहिले आफैले ल्याएको घर जग्गा सम्बन्धी ऐनमा गम्भीर त्रुटी भएपछि नयाँ आर्थिक ऐन निस्कृय भएको छ ।
जग्गा सम्बन्धी करको प्रावधानमा त्रुटि भएपछि महानगरले नयाँ आर्थिक ऐनलाई निष्कृय गरेको हो । अर्को व्यवस्था लागू नभएसम्मको लागि घरजग्गा कर पुरानै ऐन अनुसार संकलन गरिने महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको नगरसभाले असार ३१ गते आर्थिक ऐन २०७४ स्वीकृत गरेको थियो ।


