Breaking News.... EverestOnlineKhabar
May 11, 2026

तेस्रो लिंगीमाथि सेनामा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

Loading

एजेन्सी,१२ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लागउनु भएको छ ।
ट्रम्पले ट्वीट मार्फत सैन्य विज्ञसँगको सल्लाहमा तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले उनीहरुलाई सेनामा काम गर्न नदिइने भएको उल्लेख गर्नुभएको छ ।
यसअघि गएको वर्ष त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगी समुदायलाई सेनामा खुला रुपमा काम गर्न पाउने व्यवस्था लागु गर्नुभएको थियो । गएको जुनमा रक्षा मन्त्री जेम्स म्याट्टिसले सेनामा तेस्रो लिंगी समुदायको भर्ती ६ महिना ढिलो गर्ने बताउनुभएको थियो । अहिले आएर राष्ट्रपति ट्रम्पले सेनामा उनीहरुमाथि प्रतिबन्ध नै लगाउने बताउनुभएको हो । ट्रम्पले ट्वीट मार्फत गरेको यो घोषणा तत्काल कार्यान्वयन भने नहुने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.