Breaking News.... EverestOnlineKhabar
May 11, 2026

पूर्वप्रधानमन्त्री भट्टराई चेपुवामा……

Loading

काठमाडौ,१२ साउन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दिनप्रतिदिन चेपुवामा पर्दै गएका छन्। वैकल्पिक शक्ति बनाउने उद्देश्यसहित खोलिएको नयाँ शक्तिले स्थानीय तहमा अत्यन्तै निराशाजनक मत पाएपछि सो पार्टीले उनको विकल्पसमेत खोज्न थालेको छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर ठूलो पार्टी बनाउने भट्टराईको योजना नेतृत्वको विषय र पार्टीभित्रका नेताहरूको विचारमा एकता हुन नसक्दा सफल भएन। संघीय समाजवादीसँग पार्टी एकता तत्कालका लागि टरेपछि पार्टीभित्र विवेकशील र साझा पार्टी पार्टीसँग एकता गरेर जानुपर्ने एक पक्षले चर्को रूपमा उठाइरहेका छन्।
अर्कोतिर भने नेकपा माओवादी केन्द्रसँग नै पार्टी एकता गरेर अघि बढ्नुपर्ने विषय पनि सतहमा उठ्न थालेको छ। दुवै पक्षले आफूअनुकूल पार्टी एकता गर्न अहिले नै वैचारिक लाइनसमेत त्यहीअनुरूप बनाउने तयारीसमेत गरिरहेका छन्। माओवादीसँग नजिक भएर जानुपर्ने मत राख्नेहरूले पार्टीको विचार तथा सिद्धान्तमा नै माक्र्सवाद मानेर जानुपर्ने तथा पार्टीलाई तलैसम्म संगठन निर्माण गरेर जानुपर्ने अडान अघि सारेका छन्। तर विवेकशील साझा पार्टीसँग एकता गरेर जानुपर्छ भन्नेहरू भने पार्टीलाई मासबेसका आधारमा लैजानुपर्ने पक्षमा छन्।समाजवादी फोरम नेपालसँग पार्टी एकता अन्तिम चरणमा पुगेर पनि बिथोलिएपछि भट्टराई भने पछिल्लोपटक पार्टीभित्र चलेको कार्यदिशाको विषयमा अप्ठ्यारो स्थितिमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.