Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रधानमन्त्री देउवाको निर्देशन अवज्ञा, सिँचाइ मन्त्रालयका ३७ कर्मचारी इटालीमा….

Loading

काठमाडौ,१२ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ । इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित‘सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् । इटालीमा साउन ८ देखि सुरु उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुनेछ । ७ दिने तालिम र सात दिने अवलोकनका लागि छुट्याइएको छ ।
ती सबै कर्मचारी एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च व्यहोर्ने गरी इटाली गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.