Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कमल थापा सन्किएः सरकारसँग वार्ता गर्न गठित समिति भंग

Loading

काठमाडौ,१२ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता समिति भंग गरेको जनाएको छ ।
बुधबार विस्तारित मन्त्रिमन्डलमा राप्रपालाई समाहित नगरिएपछि वार्ता समिति भंग गरिएको जनाइएको छ । सरकारमा जाने वा नजाने भन्ने बारे राप्रपाभित्र तिव्र विवाद छ । अध्यक्ष कमल थापा आफ्नै नेतृत्वमा सरकारमा जानुपर्ने अडानमा छन् भने बरिष्ठ नेता पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्द अरु नेताहरुको नेतृत्वमा सरकारमा जानुपर्ने अडानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.