![]()
काठमाडौं । अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको डेढ महिनापछि मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । उहाँले आफनो मन्त्री मण्डलमा १९ मन्त्री थप्नु भएको छ । आफनै पार्टी भित्रको किचलोका कारण उहाँलाइ मन्त्रिपरिषद बिस्तार गर्न समस्या भएको थियो । पार्टी भित्रको गुट उपगुट सन्तुलनसंगै सत्ता साझेदार दलहरुसंगको पटक–पटक छलफलपछि उहाँ मन्त्रिपरिषद् बिस्तार गर्न सफल हुनु भएको हो । थपिएका मन्त्रीहरुमा १० जना नेपाली कांग्रेसका छन ।
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन ।
कांग्रेसबाट को को मन्त्री ?
भीमसेनदास प्रधान : रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव : कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई
कांग्रेसले मन्त्रीहरुको सूचीबाट अन्तिम समयमा अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम थपेको हो । प्रदेश नम्बर २ को आसन्न चुनावलाई हेरेर जोशीको सट्टा यादवलाई मन्त्री बनाइएको हो ।
माओवादी केन्द्रको को मन्त्री ?
गिरिराजमणि पोखरेल : स्वास्थ्य
महेन्द्रबहादुर शाही : उर्जा
आशा खनालः महिला तथा बालबालिका,
शिव मण्डल : आपूर्ति
सन्तकुमार चौधरीः पशुपंक्षी विकास
टेकबहादुर बस्नेतः सामान्य प्रशासन
लोकतान्त्रिक फोरमबाट को ?
जितेन्द्रनारायण देवः नागरिक उड्डयन तथा पर्यटन
गोपाल दहित : भूमिसुधार
नेकपा संयुक्त ?
मिथिला यादव : वातावरण मन्त्री
महिला ४ मात्र
देउवा नेतृत्वको मन्त्रिमण्डलमा ४ जनामात्र मन्त्री भएका छन् । कांग्रेसबाट अम्बिका बस्नेत तथा मिथला बस्नेत एवं माओवादीबाट आशा खनाल र नेकपा संयुक्तबाट मिथिला यादव मात्र मन्त्री भएका छन् ।
नवनियुक्त मन्त्री मध्ये केहीले बुधवार नै पदभार ग्रहण गर्ने तयारी गरेका छन भने केहीले बिहीबार मात्रै पदभार ग्रहण गर्ने छन ।


