Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रधानमन्त्री देउवासंग कमल थापा आगो, राप्रपालाइ बेवास्ता गरेको भन्दै वार्ता समिति भंग

Loading

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले मन्त्रिपरिषद् बिस्तारमा आफूलाइ नसमेटेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासंग झोंक फेरेका छन । उपप्रधानमन्त्रीसहित राप्रपालाइ पनि सरकारमा समेटन आग्रह गर्दै आएका अध्यक्ष थापाले प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सरकारसंगको वार्ता समिति पनि भंग गरेका छन ।

सरकार विस्तार भएको केही मिनेटमै मुख्यसचिव विश्वेश्वर शर्मालाइ बिज्ञप्ती निकाल्न लगाएका थापाले महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठित वार्ता समिति भंग भएको जनाएका छन ।

मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि राप्रपाविना प्रधानमन्त्री देउवाले सरकार बिस्तार गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed