Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चीनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग वार्ता नगर्ने

Loading

एजेन्सी,१० साउन ।
चीनमा यसै साता ब्रिक्स मुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक हुँदैछ । भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको तनाबका बीच हुन गइरहेको सो बैठकका क्रममा दुबै देशका सुरक्षा सल्लाहकारले छलफल गर्ने सम्भावना भारतीय संचारमाध्यमले प्रकट गरिरहे पनि चीनले त्यसलाई अस्वीकार गरेको छ ।
ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकमा भारतको प्रतिनिधित्व अजित डोभालले गर्दैछन् । २७ र २८ जुलाईमा हुने सो बैठकका क्रममा उनले चिनियाँ समकक्षीसँग छुट्टै वार्ता गर्ने जनाइए पनि चीनको सरकारी अखबार‘ग्लोबल टाइम्स’ ले त्यस्तो वार्ताको सम्भावना नरहेको प्रष्ट पारेको छ ।
सो अखबारले आफ्नो सम्पादकीयमा भनेको छः‘भारतले आफ्नो भ्रम त्याग्नु पर्दछ । अजित डोभालको चीन भ्रमणका क्रममा दुई देशबीच जारी विवाद भारतको इच्छाअनुसार समाधान गर्ने सही मौका होइन । ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक नियमित रुपमा हुने एक सम्मेलन हो, जसको उद्देश्य ब्रिक्स सम्मेलनको तयारी गर्नु हो । यो मञ्च चीन–भारत सीमा विवाद सुल्झाउनका लागि होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed