![]()
काठमाडौं । नेपाल एसियाली छनोट अन्तर्गत समूहको अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएपछि विश्वकपमा छनोट हुन असफल भएको छ । नेपाललाइ हराउँदै अफगानिस्तान भने आगामी वर्ष न्युजिल्याण्डमा हुने विश्वकपका लागि छनोट भएको छ ।
सिंगापुरको इण्डियन एशोसियसन ग्राउण्डमा अफगानिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली इनिङ्स ४० दशमलव ३ ओभरमा ९९ रनमा समेटियो । नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले ४८ रन जोड्नबाहेक अन्यको प्रदर्शन उल्लेख गर्न लायक रहेन । नेपालका ७ जना ब्याट्सम्यानले दोहोरो अंक पनि जोडन सकेनन । अफगानिस्तानका युसुफ जाजीले ४ तथा मुजिबुर रहमानले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन जोडेको थियो । अफगानी इनिङ्समा इब्राहिम जद्रानले १ सय १ रनको योगदान गरे । उनले ५ छक्का र ७ चौकाको मद्दतमा सेन्चुरी पूरा गरे । बलिङतर्फ नेपालका शाहब आलमले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । लिग चरणमा यसअघि पनि नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।


