Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रदेश र प्रतिनिधिसभा चुनाव तयारीको समयसीमा घर्किदै….

Loading

काठमाडौ,८ साउन ।
प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आवश्यक पूर्वाधारका लागि सरकारलाई दिएको समयसीमा नाघ्न थालेपछि निर्वाचनका लागि प्रस्तावित समय प्रभावित हुन सक्ने हो कि भन्ने चिन्ता निर्वाचन आयोगका पदाधिकारीमा देखिन थालेको छ । आयोग पदाधिकारीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सकिएलगत्तै असार १६ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुन, क्षेत्र निर्धारण प्रतिवेदन र यथाशीघ्र तिथी घोषणा गर्न आग्रह गरेका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारलाई आयोगले समयसीमा तोकेरै निर्वाचनलाई आवश्यक पूर्वाधारको माग गरेको बताए ।
आयोगले असोज अन्तिम साता प्रदेश र मसिंर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । मिति घोषणापछि आवश्यक तयारीका लागि आयोगलाई १ सय २० दिन चाहिने कानूनी व्यवस्था नै छ । ८३ दिनको समयसीमा मात्रै दिएर स्थानीय निर्वाचनको मिति घोषणा गरिएपछि आयोगले धेरै विषयको तयारीमा समयको चाप महसुस गरेको थियो । प्रस्तावित समयमा निर्वाचन सम्पन्न गर्न आयोगले असार मसान्तभित्र प्रदेशसभा सदस्य निर्वाचन ऐन तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन माग गरेको थियो । तर, ती दुवै विधेयक संसदमा विचाराधीन छन् ।
निर्वाचन क्षेत्र निर्धारण साउन १५ भित्र र निर्वाचन मिति घोषणा साउन १६ भित्र भइसक्नुपर्ने आयोगको माग छ । तर, सरकारले साउन ५ गते मात्रै २१ दिनको अवधि दिएर सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । उक्त आयोगले शनिबारसम्म काम थालिसकेको छैन । उनीहरुको सपथसमेत भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.