Breaking News.... EverestOnlineKhabar
May 12, 2026

वीर अस्पताल दुई वर्षदेखि रेडियोथेरापीविहीन

Loading

काठमाडौ,८ साउन ।
वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो । तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन् । दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन ।‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँदा उनीहरूको उपचार गर्न सकेनौँ,’ वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले भनेः‘यहाँ आउने बिरामीमध्ये अधिकांशलाई रेडियोथेरापी गर्नुपर्ने हुन्छ, तर हामीकहाँ यो सुविधा छैन । बाध्य भएर बाहिर रिफर गरेका छौँ, उनीहरूले उपचार गरे–नगरेको हामीलाई थाहा हुँदैन ।’
आचार्यका अनुसार ०७१ सालमा वीर अस्पताल पुगेका एक हजार तीन सय क्यान्सरका रोगीमध्ये आठ सयलाई रेडियाथेरापी गरिएको थियो । ०७२ सालदेखि रेडियोथेरापी बन्द छ । बन्द भएको वर्ष ६ सय ५० जना क्यान्सरका रोगी अस्पताल पुगेका थिए । यीमध्ये चार सयलाई रेडियोथेरापी दिनुपर्ने थियो, तर सम्भव भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.