Breaking News.... EverestOnlineKhabar
May 12, 2026

११ वर्षीया बालिकालाई गर्भवती बनाएको आरोपमा युवक पक्राउ

Loading

भोजपुर,४ साउन ।
अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
गत असार पहिलो साता गर्भवती भएको थाहा भएपछि समाज भेला गरेर जिम्मा लगाएको भएपनि केटा पक्षले धरानमा काकाको घर लाने भनी लगेको र केटा बेपत्ता भएको बालिकाको परिवारले बताएको छ । यता प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार युवकलाई नियन्त्रणमा लिइसकेकाले कानुनी कारबाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.