Breaking News.... EverestOnlineKhabar
May 12, 2026

ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता…..?

Loading

जर्मनी,४ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य रहेको थियो । पछिल्लो भेटवार्तामा रुसी अनुवादक र दुई नेताको मात्रै उपस्थिति रहेको थियो । गोप्य भेटवार्तामा दुई नेताबिच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।
तर दुई घण्टा लामो औपचारिक भेटवार्तामा भने अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपको आरोप, आपसी सम्बन्धसहितका अरु विभिन्न विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.