![]()
काठमाडौ,४ साउन ।
एसियन युथ च्याम्पियनसीप छनोट फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । युनाईटेड अरब ईमाईरेट्स युएईमा सोमबार राति भएको खेलमा नेपाललाई उज्वेकिस्तानले २–० ले हराएको हो । यो हारसँगै नेपालको अर्को चरणमा पुग्ने संभावना सकिएको छ ।
पहिलो खेलमा आयोजक युएईसँग ५–० ले पराजित भएको नेपालको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम सोमबारको हारपछि समुहको अंक तालिकामा पुछारमा रहेको छ । नेपालले समुहको अन्तिम खेलमा बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।


