Breaking News.... EverestOnlineKhabar
September 11, 2026

प्रशिक्षक कोन्टे आगामी दुई बर्ष चेल्सीमै रहने……

Loading

एजेन्सी,४ साउन ।
इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन् । प्रिमियर लिग च्याम्पियन चेल्सीले गएको वर्ष अनुबन्धकै बेला कोन्टेसँग तीन वर्षको प्रतिबद्धता गरेको थियो । यसले गर्दा कोन्टे क्लबमा रहने समय नबढे पनि उनको क्लबप्रतिको प्रतिबद्धता भने थप बलियो बनेको चेल्सीले जनाएको छ ।
४७ वर्षे इटालियन कोन्टेले आफू नयाँ सम्झौताबाट खुशी रहेको बताएका थिए । गएको सिजन क्लब आएका कोन्टेले पहिलो वर्षमै क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.