![]()
जुम्ला,४ साउन ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन्। जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओ भागेपनि प्रशासन कार्यालय मुखदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी सापकोटा, प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले र स्थानीय विकास अधिकारी वेल्वासेको मिलोमतोमा उपभोक्तालाई भुक्तानी नदिइएको आरोप उनीहरुको छ। छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरिसकेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दासमेत वास्ता नगरी एकाएक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध गराउन माग गरेका छन।
कूल ८ लाख रुपैयामा बन्न लागेको सडक निर्माण कार्यको ५ लाख रुपैयाँमात्रै भुक्तानी गरेर एलडिओ भागेको उनको आरोप छ।


