![]()
काठमाडौ,४ साउन ।
निर्वाचन आयोगका लागि करिब १४ करोड मूल्य पर्ने नयाँ पाँच गाडी खरिद गर्न अर्थ मन्त्रालयले बजेटको सहमति दिएको छ । आयोगले स्थानीय तहको चुनावका लागि गत वर्ष पाएको बजेटबाटै गाडी किन्ने प्रयास गर्दा रोकेको अर्थले अहिले सहमति दिएको हो ।
गत वर्ष चुनावका लागि आयोगलाई अर्थले १० अर्बभन्दा बढी रुपैयाँ निकासा दिएको थियो । आयोगले त्यही रकमबाट १४ करोडका गाडी किन्न खोजेको थियो ।
अर्थको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख केवल भण्डारीले चालू आर्थिक वर्षको पुँजीगत बजेटबाट आयोगले सवारीसाधन किन्न सक्ने जानकारी दिए । आफ्नो पुँजीगत बजेटबाटै आयोगले चाहेको सवारीसाधन खरिद गर्न सक्छ । अर्थले फेरी थप सहमति दिइरहनुपर्दैन । भण्डारीले सवारीसाधन किन्न बजेट अपुग भए रकमान्तरसमेत गर्न सकिने जानकारी दिए ।
आयोगले स्थानीय तहको चुनावका लागि गत वर्ष पाएको बजेटबाटै गाडी किन्ने प्रयास गर्दा रोकेको अर्थले अहिले सहमति दिएको हो । आयोगका सहसचिव दीपक सुवेदीले अर्थले सवारीसाधन खरिद गर्न १४ करोड रुपैयाँमा सहमति दिएको बताए ।


