Breaking News.... EverestOnlineKhabar
May 12, 2026

आयल निगमको जग्गा खरिद प्रकरणःअर्थ समितिले थाल्यो छानबिन

Loading

काठमाडौ,४ साउन ।
नेपाल आयल निगमका उच्चअधिकारीको मिलेमतोमा जग्गा खरिदमा घोटाला भएको विषयमा संसदीय समितिले छानबिन थालेको छ। निगमले इन्धन भण्डारण स्थल बनाउन जग्गा किन्दा करोडौं रुपैयाँ अनियमितता भएको समाचार प्रकाशनमा आएपछि संसद्को अर्थ समितिले चासो राख्दै छानबिन सुरु गरेको हो ।
मुलुकमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने जिम्मेवारी पाएको निगमले उपभोक्ताबाट लिएको पैसा दुरुपयोग गरेको भन्दै समितिले छानबिन समिति गठन गरेको छ । निगमले भण्डारण स्थल बनाउन झापा, चितवन, सर्लाही, भैरहवामा जग्गा खरिद गर्दा अनियमितता भएको गुनासो आएपछि छानबिन सुरु गरेको अर्थ समिति सभापति प्रकाश ज्वालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.