![]()
काठमाडौ,४ साउन ।
स्वास्थ्यमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । नियमित जाँचको क्रममा बुधबार अस्पताल पुगेका शाहलाई मुटुको धमनीमा केही अवरोध देखिएपछि भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई ठूलो स्वास्थ्य समस्या देखिएको होइन । नियमित जाँचको क्रममा मुटुमा थोरै समस्या देखिएपछि भर्ना गरेरै उपचार गर्न लागिएको हो ।


