Breaking News.... EverestOnlineKhabar
May 12, 2026

फास्ट ट्र्याकबाट ऐन पारित गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

Loading

काठमाडौ,२ साउन ।
निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेका छन् । साथै प्रदेश सभा तथा प्रतिनिधि सभासम्वन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि आग्रह गरेका छन् । भेटमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनबारे कुराकानी भएको छ । छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भनेः‘हामीले क्षेत्र निर्धारण आयोग गठन गर्न ढिला भयो । चाँडो गरिदिनुपर्‍यो भनेका छौं ।’
साथै प्रदेश सभा तथा प्रतिनिधि सभासम्वन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि आयोग पदाधिकारीले आग्रह गरेका छन् । यादवले अगाडी भनेः‘नभए निर्वाचनलाई असर गर्छ भनेका छौं, प्रधानमन्त्रीले निर्वाचन सम्बन्धी ऐनहरू पारित र आयोग गठन चाँडै गर्छौं भन्नु भएको छ ।’
आयोगले प्रदेश र संघीय संसदको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने भन्दै निर्वाचनसम्वन्धी ऐन कानुन असार मसान्तभित्र पारित गरिसक्न सरकारलाई आग्रह गरेको थियो । साथै साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आफूले नपाए निर्वाचन गर्न गाह्रो हुने बताएको थियो । प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्वन्धी ऐन संसदमा विचाराधीन छ । तर, निर्वाचन क्षेत्र निर्धारण आयोग अझैसम्म गठन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.