Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मधेस केन्द्रित दललाई मनाउन वार्ताको नेतृत्व गर्ने एमालेको निर्णय

Loading

काठमाडौ,२ साउन ।
प्रमुख विपक्षी नेकपा एमालेले मधेसवादी दलहरुसँग आफ्नै पहलमा परिणाममुखी वार्ता गर्ने निर्णय गरेको छ । मधेस केन्द्रित दलहरुसँग संविधान जारी भएदेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेको एमालेले पछिल्लो समय शुरु भएको अनौपचारिक वार्तालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने बताएको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले अनौपचारिक वार्ता जारी राख्ने निर्णय गरेको छ ।
एमालेले मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतसँग अनौपचारिक छलफल भएको बताएको छ । पछिल्लो समय राजपा नेताहरुले समेत एमालेसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए । तीन दिनअघि काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको छलफलमा अध्यक्ष ओलीले अब एमालेले मधेस समस्या समाधानका लागि विशेष पहल गर्ने बताएका थिए ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मधेस केन्द्रित दलहरुसँग निरन्तर सम्वाद भइरहेको र त्यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन पार्टी केन्द्रित रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.