Breaking News.... EverestOnlineKhabar
May 12, 2026

नोबेल शान्ति पुरस्कार विजेता लिउको अन्तिम विदाई

Loading

एजेन्सी,१ साउन ।
गत बिहीबार निधन भएका नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टी गरिएको छ । उनको शवलाई उनकी श्रीमती लिउ जियासहितले आफ्नो संस्कारअनुसार शनिबार बिहान अन्त्येष्टी गरेका हुन् । अन्त्येष्टीका बेला सामान्य रुपमा आयोजना गरिएको विदाई समारोहमा उनका पारिवारिक सदस्य, इष्टमित्र र सुवेच्छुकहरुले लिउलाई दुःखका साथ सधैँका लागि विदाई गरेका छन् ।
कलेजोको क्यान्सरबाट अन्तिम अवस्थामा पुग्नु भएका ६१ बर्षीय जियाओबोको उपचार सफल हुन नसकेपछि सवै अंगहरुले काम गर्न छाडेपछि गत बिहीबार निधन भएको थियो । उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको‘फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटि’ कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको थियो ।
चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नुपर्ने आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने लगायतका अभियान चालेका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि, सन् २००९ मा उनलाई ११ बर्षे जेल सजायको घोषणा गरिएपछि उनले अहिलेसम्म पनि काराबासको सजायँ भोगी रहेका थिए । उनी जेलमै रहेको अवस्थामा सन् २०१० मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।
सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.