Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अफगानीस्तानमा आइएस प्रमुख मारिएको अमेरिकाको दावी

Loading

कावुल,१ साउन ।
अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानका विद्रोही समूह इस्लामिक स्टेट (आईएस) प्रमुख अबु सयदलाई मारेको दावी गरेको छ । पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले सयदसहितको एक समूहमाथि आक्रमण गरेको र उनी मारिएको दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएको दावी छ । देशभरी गएको २४ घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको खबर छ । नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान, कुन्दुज, फार्याब, ताखार र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाही चलाइएको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुको सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.