Breaking News.... EverestOnlineKhabar
May 12, 2026

१० लाखभन्दा बढी नगदमा कारोबार गरे जफत…..?

Loading

काठमाडौ,१ साउन ।
तपाईँ कुनै ठुलो आर्थिक कारोबार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस्। नगदमा कारोबार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार कारबाही हुन सक्छ ।
‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं,’ सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भनेः‘अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सूचना प्रकाशित गरी कानुनसरह बनाईसकेकाले कारबाही हुनेछ।’
कारोबार गरेको भेटिएमा उक्त रकम जफत गरी बिगो बराबरको जरिवाना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.