Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सेनेगलको रंगशालामा झडपःपर्खाल भत्कँदा ८ जनाको मृत्यु

Loading

एजेन्सी,१ साउन ।
अफ्रिकीमुलुक सेनेगलमा एउटा फुटबल रंगशालाको पर्खाल भत्कँदा ८ जनाको मृत्यु भएको छ भने अरु कम्तीमा ४९ जना घाइते भएका छन् । सेनेगलको राजधानी डकारमा रहेको डेम्बा दियोप रंगशालामा स्टेड डे एम्बोर र युनियन स्पोर्टिभ वाकमबीच लिग कप फुटबलको फाइनल खेल भइरहेको समयमा दुई विपक्षी समूहबीच झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा भागदौड मच्चिएको बताइएको छ । अश्रुग्यासबाट बच्न सयौं समर्थकहरु एकैपटक कमजोर पर्खाल चढ्न खोज्दा पर्खाल भत्किएपछि सो घटना भएको हो । भागदौड मच्चिनुपूर्व अतिरिक्त समयमा सकिएको खेल स्टेड डे एम्बोरले २–१ गोलले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.