Breaking News.... EverestOnlineKhabar
May 12, 2026

खिम्ती खोलामा बाढीःएकजनाको मृत्यु, ४ जना वेपत्ता, ६ जना घाइते

Loading

रामेछाप,१ साउन ।
रामेछापको खिम्ती खोलामा आएको बाढीले बगाउँदा रामेछापको लिखु गाउँपालिका वडा नम्बर–६ मा एकजनाको ज्यान गएको छ । बाढीमा परि ४ जना बेपत्ता भएका छन् । ६ जना गम्भीर घाइते भएका छन् । बाढीमा परेकाको उद्दार गर्ने काम भइरहेको रामेछाप प्रहरीले जनाएको छ । बाढीले लिखु गाउँपालिका ६ का केही घर पनि बगाएको छ । बाढील पुर्याएको नोक्सानीको थप विवरण आउन बाँकी छ ।
गृह मन्त्रालय अन्तर्गत केन्द्रीय आपतकालिन संचालन केन्द्रले बाढीले कति घर बगायो भन्ने यकिन भइनसकेको जनाएको छ । बाढीले खोलाको पुल पनि बगाएको छ । बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ । बाढीका कारण नदी किनार र आसपासका बस्तीमा जोखिम बढेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट ११ किलोमिटरजतिको दूरीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.