![]()
काठमाडौ,असार ।
रोजगारीको सिलशिलामा विदेशमा रहेका प्रतिभाशाली युवा गायक प्रकाश बटालाले स्वरबद्ध गरेको ‘सिल्की कपाल’ बोलको गीतको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । ३ बर्ष अघि रोजगारीको सिलसिलामा इपीएस मार्फत दक्षिण कोरिया पुगेका कैलालीका गायक बटालाले नै शब्द तथा लय संकलन गरेको गीतमा उहाँले नै स्वर भरेका छन् ।
म्युजिक भिडियोमा चर्चित मोडेल सरला थापा र रविशंकरले मोडलिङ गरेका छन् । रमेश संग्रौलाको संगीतमा सजिएको यो गीतलाई निर्देशन पनि संग्रौलाले नै गरेका हुन् । भिडियोलाई कैद गर्ने काम मुकेश हुमागाईले गरेका छन् भने मोडेल रविशंकरले नै कोरियोग्राफ गरेका छन् । भिडियोको सम्पादन अनिलकुमार महर्जनले गरेका हुन् ।
गीतका साथै म्युजिक भिडियोमा पूर्वको धार्मिक स्थल पाथीभरा र पश्चिमको उग्रतारालाई समेटिएको छ । त्यसैगरी दार्चुलाको अपि हिमाल र कैलालीको घोडाघोडी तालको समेत चर्चा गरिएको छ । गायक बटालाले उत्कष्ट गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेकोले गीत र म्युजिक भिडियोले स्रोता तथा दर्शकको सहजै मन जित्ने विश्वास व्यक्त गर्नुभयो । भिडियो केहि दिनपछि हामी यो अनलाईन साइडमा राख्नेछौ ।


