Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कुनै हालतमा पनि चुनाव चिन्ह नपाउने भयो राजपाले……

Loading

काठमाडौ,२६ असार ।
नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह चुनावमा पुरानै चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । चुनाव घोषणा भइसकेर दुई चरणको चुनावसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिन्ह लिएर चुनावमा जान सम्भव नभएको आयोगले जनाएको छ । स्थानीय तहको चुनावको मिति घोषणा हँुदा दर्ता भई चुनाव चिन्ह प्राप्त गरेका दलले मात्र दलीय चुनाव चिन्ह पाउने व्यवस्था छ ।
संविधानको धारा २६९ र २७१ अनुसार चुनाव प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय चुनाव चिन्ह प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयोः‘अब नयाँ पार्टी दर्ता हुने अनि नयाँ पार्टीको चुनाव चिन्ह मतपत्रमा छापेर पहिल्यै घोषणा भएको चुनावमा प्रयोग गर्ने भन्ने कुरा सम्भव छैन ।’
राजपा गठन हुनु पहिले राष्ट्रिय दलका रुपमा मान्यता पाएका छ दलमध्ये कुनै एक दलको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने बाटो भने कानुनले खुला गरेको छ । मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलबिच गत वैशाख ७ गते एकीकृत भएको राजपाले गत शुक्रबार नयाँ दलका रुपमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको हो ।
व्यवस्थापिका–संसद प्रतिनिधित्व गर्ने तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिक एकीकृत भएका हुन् । राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दल दर्ताको टुङ्गो लगाउनुपर्ने कानुनी व्यवस्थानुसार राजपाले बुझाएको दलको घोषणापत्र, विधानलगायत आवश्यक कागजातको अध्ययन भइरहेको आयोगले जनाएको छ । राजपाले आफ्नो दलको चुनाव चिन्ह छाता माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.