![]()
एजेन्सी,२५ असार ।
भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सात जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चार जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
यस्तै शनिबारै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि मृत्यु भएको छ ।
यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ । बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला नियन्त्रण रेखामा गोली चलेको हो । काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् ।


