Breaking News.... EverestOnlineKhabar
May 11, 2026

रामकृष्ण ढकालको आवाजमा पत्रकार प्यासीको गीत आउँदै

Loading

काठमाडौं, असार ।
प्रेम सम्वन्ध, वियोग, विछोड जस्ता गीतको हालिमुहाली चलिरहेको अवस्थामा पत्रकार बलराम प्यासीले लेखेको अलग धारको गीत‘साँची म मर्दा को को रोलान ? लाई चर्चित गायक रामकृष्ण ढकालले स्वर भरेका छन् । पत्रकार प्यासीको यो दोस्रो गीत हो । यसअघि उनले वालगीत लेखेका थिए । आशिर्वाद, आशा, आरोह, आग्रह, आधार, आश्रय, आगमन, मेरोसाथी लगायत करीव एक दर्जन एल्वम निकालिसकेका स्वरसम्राट नारायण गोपालको स्वरका प्रतिविम्व गायक ढकालले पत्रकार प्यासीको गीत रेकर्ड गरे लगत्तै भनेः‘यो गीत अलग धारको र मन छुने खालको छ । यो गीत गाउँदा म आफैं भावनामा डुबेको पत्तै भएन ।’
जन्मेपछि सबैले एकपटक मर्नै पर्ने वास्तविकतालाई आत्मसात् गर्दै पत्रकार प्यासीले आफु मर्दा घरपरिवार र समाजमा कस्तो प्रतिकृया देखिएला ? त्यसको परिकल्पना गरेर सो गीत लेखेका हुन । नेपाल स्काउटका मध्यमाञ्चल क्षेत्रीय आयुक्त रहेका आफ्ना स्काउट मित्र मणी मल्लको मृत्यु भएको २०७३ चैत १९ गते राती आफुले त्यसको परिकल्पना गर्दै उक्त गीत लेखेको गीतकार एवम् पत्रकार प्यासीले बताएका छन् । वरिष्ठ संगीत संयोजक चाँद सिंहको जेनेरिक स्टुडियो नक्सालमा उनकै संगीत संयोजनमा शुक्रबार सो गीतमा गायक ढकालले स्वर भरेका थिए । सो गीतमा संगीतकार गोपाल अधिकारीको संगीत रहेको छ । मिक्सीङ्गको काम सकिएपछि असारको अन्त्यसंगै पत्रकार प्यासीको सो गीत सामाजिक सञ्जाल युट्युब लगायत रेडियो र एफएमहरुमा सुन्न पाइने गीतकार एवम पत्रकार प्यासीले बताएका छन् ।
गीत रेकर्डिङ्गका क्रममा राष्ट्रिय गानका रचनाकार पद्रिप कुमार राई‘व्याकुल माइला’ तथा अर्का सञ्चारकर्मी एवम् वृत्तचित्र निर्माता÷निर्देशक श्रीहरि श्रेष्ठ सहभागी थिए । साँढे दुई दशक पत्रकारिता गरिसकेका प्यासी २०७२ सालदेखि मात्रै गीत लेखनमा हात हालेका थिए । उनले लेखेको अलग धारको पहिलो वालगीत‘बाबा मलाई खेलौना हैन राम्रो शिक्षा दिनुस्’ २०७२ सालको राष्ट्रिय वालदिवसमा गायनतर्फ पहिलो भएको थियो । रेडियो नेपाल र नेपाल बाल संगठनले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा ३६ प्रतियोगीलाई उछिन्दै सो वालगीत गायनतर्फ उत्कृष्ट भएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस) ,स्पेशसटाइम राष्ट्रिय दैनिक, गोरखापत्र लगायतमा लामो समय पत्रकारिता गरिसकोका प्यासी हाल राजधानी राष्ट्रिय दैनिकमा वरिष्ठ समाचारदाताको रुपमा कार्यरत छन । उनी नेपाल न्यूज राष्ट्रिय साप्ताहिकको सम्पादक तथा प्रक्षेपण दैनिकको उपसम्पादक पनि हुन । उनी राष्ट्रियस्तरका करिब एकदर्जन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.