Breaking News.... EverestOnlineKhabar
September 11, 2026

पेरिस सम्झौतामा अमेरिका असहमत, विकसित १९ देशले जनाए प्रतिबद्धता

Loading

एजेन्सी,२५ असार ।
विकसित देशहरुको सम्मेलन जी–२० मा अमेरिकाका कारण जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा सहमति जुट्न नसकेपछि बाँकी १९ देशले मात्र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सन् २०१५ मा पेरिसमा भएको सम्झौताप्रति आफ्नो निष्ठा दोहोर्‍याउँदै १९ देशले त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।
तर अमेरिकाले भने त्यसमा सहमति जनाएको छैन । यसले गर्दा जी–२० सम्मेलन जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागु गर्ने विषयमा सहमतिमा पुग्न सकेन । जलवायु परिवर्तन हल्ला मात्रै रहेको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा असहमति जनाएपछि अमेरिका सम्झौताबाट बाहिरिएको छ ।
जर्मनीको ह्यामबर्गमा भएको जी–२० सम्मेलनको अन्तिम दिन सहमतिमा पुग्ने लामो प्रयास भए पनि सफल हुन सकेन र अन्नतः १९ देशका नेताले पेरिस जलवायु परिवर्तन सम्झौता लागु गर्नेसम्बन्धी प्रतिबद्धता दोहोर्‍याएका छन् । यो सम्झौताबाट अमेरिका भने बाहिरिएको छ । अमेरिकाको सम्झौताबाट बाहिरिने निर्णयलाई अरु देशले स्वीकृति दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.